सर्लाही । सर्लाही प्रहरीले भन्सार छली नेपाल ल्याउन लागेको १० लाख भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको हो ।
बरामद गरेका सामानहरूमा विभिन्न किसिमको लत्ता कपडा, किराना आइटमहरु, पेय पदार्थ, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानहरु सहित ५ वटा मोटरसाईकल समेत रहेको प्रहरीले जनाएको छ ।
बराबद गरेका उक्त सामानहरूको बजार मुुल्य अन्दाजी १० लाख ९ हजार ७ सय २५ रूपैया रहेको प्रहरीले बताएको छ ।
प्रहरीले यसरी बरामद गरेको सामान आईतवार आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाएको समेत जानकारी गराएको छ ।