दाङ । दाङमा हुरीबताससहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ।
शनिवार साँझ ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनीमा घर भत्जिँदा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएको जानकारी प्राप्त भएको छ ।