माधव नेपाललाई सल्लाह बमोजिम बूढानीलकण्ठ पठाएको प्रचण्डको खुलासा !

काठमाडाै। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार बिपक्षी दलहरूको बैठकमा सल्लाह बमोजिम समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाएको खुलासा गरेका छन् ।

बिहीवार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिपक्षी दलका नेताहरूको बैठक बसेको थियो । उक्त बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी भएका थिए ।

बिपक्षी दलको बैठकमा नेपाल सहभागी भएसंगै सत्तारूढ दल माओवादी र एमालेकासाथै राजनीतिक बृतमा नयाँ तरङ्ग सृजना भएको थियो । कतिपय बिष्लेषकले त सरकार परिबर्तनको खेलको रूपमा पनि हेरेको बुझिएको छ ।

यसै बिषयमा आज शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा पनि सांसदहरुले जिज्ञासा राखेको बुझिएको छ ।

जवाफमा दाहालले सरकार सहज ढंगले अघि बढिरहेको र वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् उनले सत्ता समीकरणमा सल्लाह भएर नै नेपाल बुढानिलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रुपमा लिन आग्रह गरेकाे माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

त्यस्तै प्रचण्डले जनतामा उत्साह जगाउने गरि बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रुपमा सहभागीता जनाउन उपस्थित सांसदहरूलाई निर्देशन दिएको पनि प्रमुख सचेतक पाण्डेले बताए।

बैठकमा १२ जना सांसदहरुले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री बर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।

adb bank long