सिरोहियालाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतलाई पक्राउ पुर्जी

Telecom

काठमाडौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनको हिरासत बसाईसंगै बुधवार हाजिरी जमानीमा रिहाई भएका छन् । सिरोहियाको रिहाईसंगै उनलाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।

उनको रिहाईलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध धनुषा अदालतले कारबाही प्रक्रिया अघि बढाएको हो । २०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिएका थिए ।

उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो भने उनका दाईहरूको पनि अंगिकृत नै थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।

सिरोहिया जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा हुन् । उनको बुवाको नागरिकतामा पनि वडा नम्बर १ नै उल्लेख छ । तर सिरोहियाले वडा नम्बर ५ बाट नागरिकता लिएको देखिन्छ । स्रोतका अनुसार वंशज नागरिकता बनाउन कै लागि उनले अर्को वडाबाट सिफारिश गराएका थिए ।

प्रोटोन एजुकेसन
adb bank long