काठमाडौ । नेपालमा हहिले स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रावतको आंशिक प्रभाव रहेको मौसमविदहरूले बताएका छन् ।
जसको प्रभाव स्वरूप हाल बुधवार बिहान कोशी प्रदेश लगायतका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
त्यसैगरी आज बुधवार दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।