सवारी र कर्तब्य ज्यान मुद्धाका २ जना फरार ब्याक्ती पक्राउ

Telecom

सर्लाही । विभिन्न मितीमा सर्लाही जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा मिति सोमवार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेत बाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाको सजाय पाएका १ जना र कर्तब्य ज्यान मुद्धामा सजाय पाएका १ जना गरि २ जनालाई पक्राउ गरि सर्लाही जिल्ला अदालतमा बुझाएको हो ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १ पोखरीया बस्ने शम्भु महतो  र सोही जिल्लाको विष्णु गाउँपालिका वडा नम्बर ६ सिमरा बस्ने राम अवधेश मण्डल रहेका छन् ।

उनीहरूमध्ये महतोलाई सवारी ज्यान मुद्धामा १ महिना कैद भएको थियो भने मण्डललाई पुर्पक्ष तोकिएको थियो ।

adb bank long