काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने बताएका छन् ।
म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने अर्थमन्त्री वर्षमान पुनले बताए ।
ब्याबसायिक फर्म निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा संचालन गरिने अर्थमन्त्री पुनले बताए ।
मन्त्री पुनका अनुसार आगामी आर्थिक बर्षका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।