‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ देखि सीता दाहाल संस्थानका लागि बजेट बिनियोजन

Telecom

काठमाडौ । आज अर्थमन्त्रीद्वारा प्रस्तुत बजेट भाषणमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रूपैया बिनियोजन भएको छ ।

यसका साथै सरकारले सीता दाहाल संस्थान खोल्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री वर्षमान पुनले काठमाडौँ विश्वविद्यालय अन्तर्गत सीता दाहालको नाममा योग क्षेत्रको अध्ययन संस्थान खोल्ने बताएा छन् ।

अर्थमन्त्रीले सीता दाहाल संस्थानको स्थापनाको लागि बजेट छुट्याएको बताएका छन् । तर, बजेटको अङ्क भने खुलाएका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीताको गत वर्ष असार २७ मा निधन भएको थियो ।

adb bank long