काठमाडौ । अन्तत सहकारीको ठगी छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति भएको छ ।
टीओआर कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले उक्त सहमतिपत्र अन्य सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।
कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा जुटेको सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ ।
सहमतिसँगै अनुसूचीमा छानबिनको दायरामा ल्याइने समस्याग्रस्त २९ सहकारीको नाम पनि राखिएको छ । मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले टीओआर तयार पारेको हो ।
योसँगै कांग्रसले अवरोध गर्दै आएको संसद बैठक पनि खुल्ने भएको छ । टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ । त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा मिडिया’ को पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ ।
हेर्नुस् सहमतिमा के के छन् ?