आज दिउँसो १ बजे बजेट भाषण

Telecom

काठमाडौ। आज जेठ १५ अर्थात सधै झै बजेट भाषण गर्ने दिन ।आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले आज बजेट भाषण गर्नेछन् । बजेट भाषणका लागि संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे संयुक्त बैठक बोलाईएको छ ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री मुछिएको बिषयलाई लिएर संसदीय छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद अबरोध गरेको प्रमुख बिपक्षी दल काङ्ग्रेसले पनि आज संसद अबरोध नगर्ने बुझिएको छ ।

समवार प्रमुख दलका शिर्ष नेताहरूको बैठकले काङ्ग्रेसले माग गरे बमोजिम रवि लामिछानेको नाम उल्लेख गरेरै संसदीय छानबिन समिति बनाउन सहमत भएपछि काङ्ग्रेसले संसद अबरोध नगर्ने भएको हो ।

देशमा चरम आर्थिक मन्दीको अवस्था रहेको बेला आउने बजेटलाई विशेष रूपले हेरिएको छ । यस्तो अबस्थामा जनमुखी बजेट ल्याउन अर्थमन्त्रीलाई दबाब रहेको देखिन्छ ।

सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्थामा लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ। गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ। यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने बुझिएको छ । त्यसैगरी माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ।

adb bank long