काठमाडौ । नयां सत्तागठबन्धनसंगै उपप्रधान एबं गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजीनामा दिने मुडमा पुगेको बुझिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रवि पनि दोषी भएको तर गृहमन्त्री भएकै कारण प्रतिवादी बनाउन नसकिएको आसयसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएपछि रविको बिषयमा बकालत गर्दै आएका एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्ड ब्याक हुने देखिएको छ ।
बुधवार इलाम २ को चुनावी सभालाई संबोधन गरेर झापाहुँदै काठमाडौ आएका ओली एयरपोर्टबाट सिधै सिंहदरबार गएका थिए ।
ओली यसरी सिंहदरबार जानुको कारण प्रचण्ड र रविलाई भेट्न गएको बुझिएको छ । सिंहदरबारमा भएको त्रिपक्षीय भेटमा ओलीले सहकारी ठगीको बिषय काङ्ग्रेसले उठाएपनि यो आम जनताको बिषय भएको र यसलाई समाधान नगरी नहुने कुरा उठाएका थिए । साथै ओलीले यश बिषयमा प्रधानमन्त्री र गृहमन्त्रीको राय समेत बुझेका थिए ।
गृहमन्त्री लामिछानेले भने आफु कुनै पनि हालतमा संलग्न नभएको र काङ्ग्रेसले राजनीतिक प्रतिसोध साँधेको स्पष्टिकरण दिएका थिए ।
उता इलाका प्रहरी कार्यालय बुटवलले सुप्रिम सहकारीको अनुसन्धानगरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।
संसदीय छानविन समितिको माग राख्दै निरन्तर संसद अबरूद्ध गरेर संसद अधिवेशन नै अन्त्य गर्न बाध्य पारेको काङ्ग्रेस सुप्रिमको प्रतिवेदनसंगै राजीनामाको मागमा उक्लिसकेको छ ।
सरकारीका पीडितले समेत रवि लामिछानेलाई बचाउनेतिर नलाग्न माओवादी र एमालेलाई चेतावनी दिइसकेका छन् । गत मंगलबार बुटवलमा पीडितले एमाले र माओवादीलाई यस्तो चेतावनी दिएका थिए ।
यसरी साथ दिने सबै विपक्षी बन्ने अवस्था आएपछि रविले राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ । राजीनामा कहिले दिने भन्ने कुरामा भने द्धिबिधा देखिएको छ । उपनिर्वाचन सकेर दिने वा एकदुई दिनमै दिने भन्ने द्धिविधायुक्त मनस्थितीमा लामिछाने रहेको स्रोतले बताएको छ।