काठमाडौ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक पदम गिरी हिजो मात्रै भएको गठबन्धनबाट मन्त्री भएपछि सचेतक महेश बर्तौला प्रमुख सचेतकमा नियुक्त भएका छन् ।
संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकमा मनोनयन गरेका छन् । बर्तौलाको प्रमुख सचेतकमा बढुवा गरेका ओलीले रिक्त सचेतकको पदमा सुनिता बराललाई मनोनयन गरेका हुन् । सचेतक बनेकी बराल एमालेको समानुपातिक सांसद हुन् ।
बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन्। प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् ।