हिजोको घटना असामान्य, भबिष्यको लागि सजग बनौं : शेखर कोईराला

Telecom

काठमाडौ । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोईरालाले हिजो मात्र भएको गठबन्धन परिवर्तनलाई असामान्य घटनाका रूपमा लिएका छन् ।

उनले यो राजनीतिक फेरबदल सामान्य भएपनि यो घटना असामान्य भएको बताएका छन् । यसका साथै उनले नेकपा माओवादी केन्द्रलाई कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीको आरोप लगाएका छन् ।

यसै प्रसंगमा कोईरालाले आफ्नो पार्टीतर्फ ईंगित गर्दै कतै हाम्रा ब्याक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भनेर सजग बन्न आग्रह गरेका छन् ।

कोईरालाले आफ्नो सामाजिक संजाल (फेसबुक) मा लेखेका छन :- राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं ।

adb bank long