nepal telicom

सुन तस्करी प्रकरण : जीवनकुमार पक्राउ

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरूङलाई पक्राउ गरेको छ ।

डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका सञ्चालक रहेका गुरुङलाई आज बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयले गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यतिबेला भन्सार कार्यालयले विमानस्थलका कर्मचारीलाई पनि पक्राउ गरेको थियो ।

 

adb bank long