बलात्कार मुद्धामा पूर्व फुटबलर ड्यानी अल्भेसलाई साढे ४ वर्ष कैद फैसला

Telecom

एजेन्सी । बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्।

२०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो।

तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ।

४० वर्षीय अल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ भने ९ वर्षसम्म उनीसँग कुनै पनि माध्यमबाट कुराकानी गर्न प्रतिबन्ध लगाएको छ।

स्पेनमा यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएमा चार देखि १५ वर्षसम्म जेल सजाय हुनसक्छ।  बिबिसीका अनुसार पीडिततर्फका वकिलले अल्भेसलाई १५ वर्षको जेल सजाय माग गरेका थिए। तर फैसलाले सत्य स्थापित गरेको भन्दै उनीहरुले अदालतको आदेशको स्वागत गरेका छन्।

अल्भेसकी वकिल इनेस ग्वार्डिओलाले अदालतको उक्त आदेशविरूद्ध माथिल्लो अदातलमा अपील गर्ने बताएकी छन्।

अल्भेसले बार्सिलोनाको नाइट क्लबमा २३ वर्षीय युवतीलाई मदिरा सेवन गराएर फकाइफुल्याइ शौचालयमा पुर्‍याएर‍ बलात्कार गरेका थिए।

adb bank long