छ दिनसम्म पनि सहमती जुट्न नसकेपछि कैलाली एमालेको नेतृत्वका लागि मतदान

Telecom

काठमाडौ । नेकपा एमाले कैलाली जिल्लाको नेतृत्वका लागि मतदान भईरहेक छ । कैलालीको सुखडमा जारी अधिवेशनमा छ दिन लामो रस्साकस्सीपछि आज शुक्रबार मतदान सुरु भएको हो ।

एमाले कैलालीको अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षमा उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए ।उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् । अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन् । यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

adb bank long