यी प्रदेशमा छ आज बर्षाको संभावना

Telecom

काठमाडौ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदहरूले बताएका छन् । जसका कारण कोशी प्रदेशलगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल ता मौसम बिज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

प्रोटोन एजुकेसन
adb bank long