एमाले कैलालीको अधिबेशन लम्ब्याउन ढुंगानाले अध्यक्ष मन्डलका अध्यक्षलाई सम्पर्क बिहिन बनाए

Telecom

काठमाडौं । नेकपा एमाले कैलालीकाे अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । मतदान हुने भनिएको तेस्राे दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे सम्म निर्वाचन मन्डलका अध्यक्ष पार्टी कैलालीका इन्चार्ज गणेश ठगुन्न्नालाई सम्पर्कविहिन बनाइए पछि अधिबेशन अनिश्चित भएको हो ।

अधिबेशनमा जिल्ला अध्यक्षका उम्मेदवार दुर्गा जोशी र डेजि पान्डेले मतदान समयमै गराउन माग गर्दै आएका छन् । तर अध्यक्षका अर्का उम्मेदवार यज्ञराज ढुंगानाले प्रतिनिधि फकाउन अध्यक्ष मन्डलका अध्यक्ष गणेश ठगुन्नालाइ सम्पर्क बिहिन बनाएको बताईएको छ ।

प्रतिनिधिहरुलाइ आफ्नो पक्षमा पार्न ढुंगाना अधिबेशन लम्ब्याउन चाहेको श्रोतले बताएको छ । एमाले कैलालीका एक नेताले भने प्रतिनिधिहरुले मतदानको माग गरेर नाराबाजी गरेपनी ढुंगानाले निर्वाचन प्रक्रिया लम्ब्याएर आफ्नो पक्षमा प्रतिनिधि पार्ने रणनीति लिएको सोही अनुरुप अध्यक्ष मन्डलका अध्यक्ष लाई भगाइएको आरोप छ ।

छ गतेदेखि सुख्खडमा सुरु भएको अधिबेशनमा सहभागी प्रतिनिधिहरु अलपत्र पारिएको छ ।

प्रोटोन एजुकेसन
adb bank long