nepal telicom

सशस्त्रका डीएसपी केसीले खिचेको भनिएको ‘अश्लील भिडियो’ काे कारण के ?

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी अहिले प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । डीएसपी केसी फागुन ६ मा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले ‘अश्लील भिडियो’ बनाएको आरोपमा अदालतबाट म्याद  लिएर अनुसन्धान गरिरहेको विषेश स्राेतले बताएकाे हाे ।

रक्सीले झ्याप डिएसपी : महिला ट्वाइलेटभित्रको फोटो र भिडियो खिच्दा पक्राउ

नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीले काठमाडौँ आएको बेला हलचोकस्थित एउटा रेस्टुरेन्टमा अपरिचित महिलाको भिडियो खिचेका हुन् । आफ्ना साथीहरूसँग न्यू इभान पोइन्ट रेस्टुरेन्टमा गएका उनले सोही रेष्टुरेण्टको शौचालयमा महिलाको भिडियो बनाएको पीडितको जिकिर छ ।

फागुन ५ मा साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर ‘हाजिर जमानी’मा छाडेर विवाद मिलाउन भनेको थियो । तर, पीडितले जाहेरी दिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन । सोही कसुरमा उनीमाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

adb bank long