‘डीएसपी हुँ’ भनेर चालकलाई धम्क्याउने छुटे

Telecom

काठमाडाैं । डीएसपी भन्दै चालकलाई धम्क्याउने तथा थर्काउने नक्कली डीएसपीलाई प्रहरीले झिकाएर छलफल गराएको छ ।

प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो ।

शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । कुलेश्वर बस्दै आएका एक युवकलाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ ।

डीएसपी भन्दै चालक थर्काउने नक्कली डीएसपी कर्याप्यै !

adb bank long