nepal telicom

दोलखा घटना प्रकरण : ५ जना पक्राउ, आत्महत्या दुरुत्साहन मुद्दा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौँ । नेकपा (एमाले) दोलखाका जिल्ला समिति सदस्य कपिलमणि न्यौपाने मृत्यु प्रकरणमा  ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–१ स्थित सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष छत्रराज उप्रेती, सहकारीको सञ्चालक समिति सचिव हरिबहादुर बुढा, व्यवस्थापक महेन्द्र भुजेल, सह–सचिव शिवकुमार कार्की र सहकारीको सञ्चालक समितिका उपाध्यक्ष पुष्पाबहादुर लकाई छन् ।

माघ १५ मा राति कपिलमणि न्यौपानेको घरमा सञ्चालित सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरयो । तर, संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको  प्रहरीले  जनाएकाे छ ।

चोरी भएको सहकारीको भल्ट र रकम फेला परेको छैन । प्रहरीले पक्राउ गरेर चोरीमा संलग्न नदेखिएपछि कपिलमणिलाई पनि प्रहरीले रिहा गरेको थियो । फागुन २ मा रिहा भएर घर गएका न्यौपानेले शनिवार बिहान ५ बजे आत्महत्या गरे । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी स्थित घर नजिकै आँपको रुखमा झुन्डिएको अवस्थामा न्यौपाने मृत फेला परेका हुन् ।

३२ लाख चोरी प्रकरण : घरबेटीको आत्महत्या, मुख्य याेजनाकार काे ?

कपिलमणिले सामाजिक सञ्जालमा लेखेको सुसाइट नोटको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । न्यौपानेले नोटमा आफूलाई आत्महत्या दुरुत्साहन गर्नेहरूको नाम उल्लेख गरेका छन् ।

adb bank long