मन्त्री ज्वाला, बस्नेत र किरातीको एमालेले माग्यो राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहालवाला तीन जना मन्त्रीको राजीनामा माग गरेको छ ।

आज बिहान बसेकाे प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएका छानविन समितिले निष्कर्ष निकालेपछि उनले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

त्यस्तै, स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ ।

प्रोटोन एजुकेसन
adb bank long