nepal telicom

गुठीको जग्गामा रहेका जनताको समस्या समाधान गर्नुपर्छ : सांसद शर्मा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौँ । सांसद नारायणी शर्माले राष्ट्रिय भूमि आयोगले काम गरिरहे पनि राजस्व तिर्न नसक्दा जनताले जमिन पाउनबाट वञ्चित रहेको बताएकी छिन् ।

उनले भूमिहीन तथा गुठीको जग्गामा रहेका जनताका समाधान गर्नका लागि सरकारका लागि ध्यानाकर्षण गराएकी छिन् ।

हिजो आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘भूमि आयोगले काम गरिरहे पनि कैयौँ कानुनी जटिलताका कारण जनताले जग्गाधनी पुर्जा पाउन सकिरहेका छैनन् ।

गुठीको जग्गाको समस्या रहेको बताउँदै वर्षौदेखि उनीहरुले खेती गर्दै आए पनि दाङ लगायतका क्षेत्रमा गुठीको जग्गाको कारण जनताहरू समस्यामा रहेको बताउँदै सांसद शर्माले सरकारको ध्यानाकर्षण गराइन् ।

adb bank long