सभ्य र विकसित समाज निर्माणमा योगदान गरौं

Telecom

काठमाडाैं । राज्यको कुनै एक धर्म , जात , सम्प्रदाय वा पन्थ मात्र हुँदैन । राज्यभित्र सबै समुदायको बसोबास हुन्छ र राज्य सबैको साझा हुनुपर्छ ।कुनै धर्म मान्नु या नमान्नु नागरिकको स्वतन्त्रताको कुरा हो । कुनै पनि कुराहरु बिश्वास र आस्थाको कारणबाट मात्र प्रमाणित हुन सक्दैन त्यसको लागि तथ्य प्रमाणको आधारमा र ब्यावहारमा प्रमाणित हुनुपर्दछ ।

जुनसुकै धर्म र पन्थको निर्माणको आधार भनेको परम्परागत बिश्वासको जगमा उभिएको हुन्छ जुन ब्यावहारमा समाजको चेतनाको बिकाससँगै आफसेआफ गलत बनिसकेको हुन्छ । नेपाली समाज बहुलवादी समाज हो र यहाँ बस्ने मानिसहरुका फरक फरक संस्कार र संस्कृतिहरु छन । बिभिन्न जातजातिले मिलेर बनेको नेपाली समाजको बहुरंगी सुन्दरतालाई हामीले जोगाएर र सजाएर राखेका छौं ; यो हाम्रो मौलिकता हो र हाम्रो राष्ट्रिय पहिचान पनि हो ।

बिविधतामा एकता हाम्रो मूल संस्कार हो र सबै नेपाली नागरिकको साझा एकताको आधार हो । बिविधता युक्त समाजमा कुनै एक धर्म मान्ने र त्यसको सापेक्षमा सम्पूर्णले त्यसको एकलौटी बिश्वास गर्ने र सम्पूर्ण सामाजिक आचरणहरु त्यसैको मातहतमा राज्यको नियम बनाएर कानुन त्यहीं मतको आधारमा बन्ने हुनु हुँदैन ।कुनै एक पन्थबाट बिधिहरु निश्रृत हुने वा विज्ञानको तथ्यहरुका आधारमा सामाजिक रुपान्तरण हुने अनि सभ्य र विकसित समाजमा रुपान्तरित हुँदै संसारका उत्कृष्ठ नागरिक बन्ने भन्ने कुरा हाम्रो समाजको संक्रमणकालीन आन्तरिक अन्तरघुलन र अन्तर संक्रमणको अवस्थामा अहिले हामी रहेका छौं ।

सबैका आआफ्ना पहिचानलाई सबैले महत्व नदिने कुरै भएन र त्यसो मात्र गर्न थालियो भने समाजमा आपसी सदभाव कायम राख्न पनि सकिन्न । यो सबै कुरालाई अन्तरबिरोध रहित बनाएर समाजलाई अघि बढाउँन राज्यको कुनै एकपन्थको एकलौटीपन नभई साझा मनोभावनाको बिकास गर्न नै संविधानमा धर्मनिरपेक्षताको ब्यावस्था गरिएको हो । धर्मनिरपेक्ष राज्य भनेको राज्यको कुनै एकधर्मको बाहुल्यता वा बर्चस्वको अन्त्य नै हो । कुनै एकपक्षको एकलौटी हुनु लोकतन्त्रिक विधि हुँदैहोइन ।

एकपक्षको बर्चस्व हुनु र त्यसैको आधारमा समाजले जबरजस्त लतारिनु भनेको निरंकुशता नै हो । आफूलाई लोकतान्त्रिक र लोकसम्मतीको आधारमा सबैको भावनाको कदर गरेर अगाडी बढ्ने हाम्रो मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्यको ब्यावस्था हाम्रो सम्विधानमा भएको हो ।हाम्रो संबैधानिक ब्यावस्थामा बाहिरियाहरुको दबाव दिने कार्यको लागि यो सम्विधान बनाउँदा देखि नै दक्षिणी छिमेकीबाट असन्तुष्टि प्रकट भएकै हो । त्यसलाई हामीले साझा प्रयासबाट परास्त गरेर नै हामी अहिले यो सम्बैधानिक अवस्थामा आइपुगेका छौं । यो एकतालाई भाँडेर आफ्नो आफ्नो रोटी सेक्ने बाहिरियाहरुको कुप्रभावमा हाम्रो कमजोर चेतना बहिकिनु बाहेक संविधानको ब्यावस्था विपरित हिन्दुअतिवादको नारा लगाउँनु अरु केही हैन ।

यो गम्भिर भूल हो र राज्य बिरुद्धको गतिबिधि हो । हिन्दु हुन अथवा सनातन धर्मावलम्बी बन्न यो सम्बिधानले कहिं कतै अवरोध गरेको छैन साथै हिन्दु तथा सनातनीलाई यो सम्बिधानले थिचोमिचो पनि गरेको छैन ।हाम्रो देशमा हिन्दु बाहेक बैष्णव, हरि , प्रणामी , नाथसम्प्रदाय ,बुद्ध , जैन , रजनिश पन्थ ,कृश्चिय, मुस्लिम ,साक्त वा शैव , बोन्पो /बोन वा धामितन्त्र /मष्टपूजा ,किराँत / मुन्धुम विधिहरु , प्रकृति पूजक तथा अन्य बिविध समुदायहरु यहाँ बसोबास गरिएको छ । कुनै धर्म मान्ने र नमान्ने ब्यक्तिको स्वतन्त्र अधिकारको कुरा हो ।

हिन्दु धर्म मानेका नांगा ब्यक्तिहरु मन्दिर परिसरमा आब्रुक उतारेर हिड्न त यो सम्बिधान अनुसार छुट नै पाएका छन भने यो भन्दा अरु स्वतन्त्रता अब हिन्दुमतावलम्बीहरुलाई अरु किन चाहियो ? मान्छेलाई अछुत भन्ने र अपमानित गर्ने , मन नपरेका र हेपिएकालाई बोक्सि र बोक्साहरु भनेर अन्याय गर्ने , दास दासी तथा दासानुदास प्रबृत्तिको बिकास गर्न साथै अदृश्य र अप्रमाणित कुराको भ्रामक कुतर्क गरेर सेवक र सेविका बनाउँने , छोराछोरीलाई दानको बस्तु मानेर कन्यादान दिने , रित भाँतमा वाकदान गर्ने , धर्मपुत्र धर्मपुत्री दिने लिने ,मान्छेले मान्छेको चाकडी गर्ने गराउँने र मानिस नै ईश्वरको अवतार भएको भ्रामक बिचारको प्रचार गर्ने , मान्छेको शरीर वा अंग धोएर पानी ग्रहण गर्ने , मानिसलाई कुप्रभावमा पारेर बेघरवार र अनुयायी बनाउँने आदि सबै अमानवीय र अलोकतान्त्रिक संस्कारहरु हुन ।

यी सबै कुराहरु सचेतनताको कमी भएको समाजमा फष्टाएका कुरितीहरु हुन ; त्यसैले यस्ता गलत कुरालाई धर्म मानिनु पाप कर्म हो धर्म हुँदै होइन ।म स्वयम आफ्नो संस्कृति सनातन संस्कृति कै निरन्तरताले अहिले सम्म चलिरहेको मानिस हुँ तर मेरो विश्वास सनातनका गलत फोवियाबाट विकास भई विज्ञान र प्रयोग सिद्ध प्रमाणको आधारमा मानिसका ब्यावहारहरु हुनु अत्यावश्यक छ भन्ने विचारको बिनिर्माण सँगै आफुलाई द्वन्दात्मक भौतिकवादी विचार तर्फ मेरो रुझान भएको करीब ४०/४५ बर्ष भएको छ ।

अझै म मा विचारको निखार र ब्यावहारको परिपक्वता भई मानवीय गुणहरु पूर्ण रुपमा मेरा कतिपय बिगतका गलत संस्कारको प्रभावले विकसित हुन सकेका छैनन । म अझै आफुलाई चाहेर पनि गलत संगतले रुपान्तरित हुन सकिरहेको छैन , त्यसैले म सबै महानुभावहरुसँग क्षमा माग्दछु कि म मानवीय गुण सहितको मानिस हुन चाहन्छु ! मेरा गलत संस्कारका कुप्रभावको प्रायश्चित गर्दै आफूलाई रुपान्तरित र सभ्य मानव बन्न सकुँ । नबुझेर मात्र हो प्राय सबै मानिसमा यो भावनाको विकास भइरहेको छ र अझै धेरैमा हुँदै सबै मानिसमा मानवीय गुण र संस्कारको विकास हुने छ र यो अनिवार्य छ ; त्यो गुणको बिकास हुन चेतनाको बिकासको अभ्यास सहित ब्यावहार हुन पर्दछ ।

लोकतन्त्रको उन्वयन तर्फको यात्रा हामी सबैको प्रयासबाट मात्र सम्भव छ । यो महाभियान समाजिक र राजनितिक चेतनासँग जोडिएको समाज विकासको लागि गरिने बिचार र चिन्तनको अभियान हो । राजनितिक परिवर्तन सामाजिक मतको बलमा निर्माण हुने कुरा हो भने सांस्कृतिक परिवर्तन समाजको चेतनाको अभिवृद्धि र अभिमतबाट समाजको रुपान्तरित हुने प्रकृया हो । समाज रुपान्तरण हुन समाजको गुण परिवर्तन हुने कुरा हो भने राजनितिक परिवर्तन केवल रुप परिवर्तन मात्र हो ; त्यसैले राजनितिक परिवर्तन सजिलै भए पनि सामाजिक र सांस्कृतिक रुपान्तरण लामो संक्रमणकालीन अवस्था पार गरेर मात्र परिवर्तन सम्भव छ । हामी सबै हिसाबले परिवर्तित सभ्य समाज निर्माणको महाअभियानमा छौं र रुपान्तरित हुँदै तथा सिक्दै सिकाउँदै अघि बढिरहेका छौं ।

नेपालमा जब प्रजातन्त्र हुँदै लोकतन्त्रको बिगुल बज्यो हो त्यहीं समय देखि समाजमा नवीन चेतना र विज्ञान प्रविधिमा रुपान्तरणको संक्रमण शुरुवात भयो ! हामी अहिले यो सामाजिक चेतनामा आइपुग्न हाम्रा इतिहास पुरुषहरुको ठूलो त्याग तपस्या र बलिदानको योगदान छ । अग्रज राजनितिज्ञ र सामाजिक अभियन्ताहरु समाज विकासका आधार स्तम्भहरु हुन । कम्युनिष्ट पार्टीका अग्रजहरु मनमोहन , पुष्पलाल , मदन भण्डारी जस्ता सामाजिक रुपान्तरणका अभियन्ताहरु र विपी , गणेशमान जस्ता कांग्रेस नेताहरु तथा अगुवा स्वतन्त्र र स्वाभिमानी अभियन्ताहरुले समाज बिकासमा गरेको योगदानले नै हामी दास कालिन चेतनाबाट लोकतान्त्रिक चेतनामा बिकास हुँदै यहाँ आइपुगेका छौं । यो समाज बिकासको चरणबाट पछाडी फर्काउँन अहिले धेरै खाले ब्यक्तिहरुको लहडको पछुवा प्रवृति देखिन थालेको छ ।

मैले माथि नै भनिसकें हाम्रो देशको परिवर्तनको महाअभियानमा बाधा हाल्न दक्षिण लगायत धेरै प्रकारका शक्तिकेन्द्रहरु प्रत्यक्ष अप्रत्यक्ष रुपले स्वार्थको रोटी सेकी रहेका छन ।यो महत्वपूर्ण बिषयमा हामी सबै सचेत हुनुपर्दछ । बिभिन्न रंगका रंगिबिरंगी छेपाराहरु सपना बाँडेर सामाजिक सदभाव र राजनितिक बिकासको गतिलाई तितरबितर गर्न अरुको बहकावमा लागेर गलत गतिबिधि गरेको हामीले प्रष्टसँग बुझ्नु आवश्यक छ । कम्युनिस्ट नामका गैरकम्युनिष्टहरु गति छोडेर गलत गतिबिधिसँगको लसपस भित्र भित्रै गरिरहेको समेत देखिन थालेका छन एकातिर भने अर्कोतिर कांग्रेस पार्टी भित्र पनि बैचारिक अपरिपक्वताले पार्टी भित्र धर्मनिरपेक्षताको बिरुद्धमा अलोकतान्त्रिक हिन्दु अतिवादको आवाज साउती गरिरहेको सुनिन थालेको छ ; यो लोकतन्त्रको लागि शुभलक्षण होइन ।

लोकतान्त्रिक समाजमा पछौटे ब्यक्तिपूजक र मान्छेलाई ईश्वरको अवतार हो भन्ने बिचार लिएको चिन्तनको पक्षमा बोल्ने र वकालत गर्ने कुरालाई लोकतान्त्रिक र धार्मिकता हो भन्न सकिदैन त्यो कुरा पश्चगामी बिचार हो । कांग्रेसजनहरु त्यस्तो गलत बाटोको चिन्तनबाट मुक्त रहन सक्नुहुनेछ र सबै कम्युनिष्टहरुले त गलत बाटो पक्कै रुचाउँने छैनन ।

त्यसै गरेर सम्पूर्ण लोकतन्त्रवादीहरु धर्मनिरपेक्षताको पक्षमा एकताबद्ध छन , त्यो कुरामा मेरो विश्वास छ । त्यसैले हामी सबै लोकतन्त्रवादी बन्दै हाम्रो समाजलाई सभ्य र विकसित समाज निर्माणमा योगदान गरौं !! राज्यको धर्मनिरपेक्षता हाम्रो साझा एकताको आधार हो र निरंकुशताको बिरुद्धको बहुलताको सुत्राधार हो !!!

adb bank long