पूर्व राष्ट्रपतिलाई ३ सय ५५ मिलियन डलर जरिवाना

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले ठगी मुद्दामा सजाय सुनाएको छ ।

अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको हाे । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ ।

अदालतले सिभिल फ्रड मुद्दामा ट्रम्पविरुद्ध ९० पृष्ठको फैसला दिएको छ । फैसला अनुसार अदालतले ट्रम्पलाई न्युयोर्कस्थित कम्पनीमा निर्देशकको रुपमा काम गर्न प्रतिबन्ध लगाएको छ । उनीहरुले तीन वर्षसम्म कम्पनीको सञ्चालक बन्न पाउने छैनन् । अदालतले ट्रम्पसँगै उनका दुवै छोरालाई पनि सजाय सुनाएको छ ।

अदालतले डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई ४० लाख अमेरिकी डलर जरिवानाको सजाय सुनाएको छ । साथै, ट्रम्पका दुवै छोराले न्युयोर्कको एउटा कम्पनीमा दुई वर्षसम्म निर्देशकको रूपमा काम गर्न पाउँदैनन् ।

महान्यायाधिवक्ताको कार्यालयले न्यायाधीशलाई डोनाल्ड ट्रम्पलाई ३७० मिलियन अमेरिकी डलर तिर्न अनुरोध गरेको थियो । तर, अदालतले ट्रम्पलाई ३५४.८ मिलियन अमेरिकी डलर जरिवाना तोकेको छ । उनलाई तीन वर्षसम्म कम्पनीमा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

adb bank long