दुग्ध विकास संस्थानका महाप्रबन्धक झालाई कालोमोसो

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ।

क्रान्तिकारी युवा संगठन नेपालले कार्यकक्षमा रहेका डीडीसीका महाप्रबन्धक झामाथि कालोमोसो दलेको हो।

मोसो दल्ने क्रमा झा र युवा संगठनका कार्यकर्ताबीच हात हालाहाल समेत भएको छ। झाले डीडीसीमा अनियमिता र भ्रष्टाचार गरेको भन्दै कालोमोसो दलेको संगठनले जनाएको छ।

झामाथि दूध बचेको करिब १७ करोड रुपैयाँ संस्थामा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको,किसानबाट खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोलगायत आरोप लगाइएको छ।

 

प्रोटोन एजुकेसन
adb bank long