nepal telicom

माधव नेपाल सहित ३ जना एमालेको केन्द्रीय प्रचार विभागमा मनोनित

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले ३ जनालाई केन्द्रीय प्रचार विभागमा मनोनित गरेको छ ।

मनोनित हुनेहरूमा प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष माधव नेपाल र वर्तमान कमिटीका कोषाध्यक्ष ईन्द्र प्रसाद आचार्य र केन्द्रीय सदस्य मणिराज बास्तोला (मोहन) रहेका छन्।

गएको प्रेस चौतारीको महाधिवेशनमा अध्यक्षको शसक्त दाबेदार माधव नेपाल अन्तिम समयमा पार्टी नेतृत्वको निर्णय अनुसार अध्यक्षको दौडबाट बाहिरियर बर्तमान अध्यक्ष गणेश बस्नेत सर्वसम्मत भएका थिए ।

ईन्द्रप्रसाद आचार्य भने दोस्रो कार्यकालका लागि पनि कोषाध्यक्ष भएर आएका छन् । उता मोहन बास्तोलाले आफुलाई गएको चौतारीको महाधिवेशनमा सचिवको रूपमा प्रस्तुत गरेपनि सचिव बन्न असफल भएका थिए ।

adb bank long