जन्मदिनको अवसरमा मनकारी पन्तले गरे चौतारी चितवनको भवन निर्माणमा आर्थिक सहयोग

Telecom

चितवन । जन्मदिनको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सचिवालय सदस्य पिताम्बर पन्तले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि पन्तले ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं पन्तले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको सो अवसरमा पन्तले बताए । पन्तले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तैं सामाजिक काममा सहयोग गर्न पाउँदा आनन्द लाग्ने बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पन्तलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । उनले पन्तले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ ।

भवनको दोस्रो तला ढलान भैसकेको छ । भवनको फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

adb bank long