आफैले चलाएको आरोले लियो युवकको ज्यान

काठमाडौ । धादिङमा आफेैले चलाएको रूख काट्ने आरोले काट्दा एक युवकको मृत्यु भएको छ।

जिल्लाको नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको आरोले काटेर मृत्यु भएको प्रहरीले जनाएको छ।

अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन्।  प्रहरीका अनुसार आराले श्रेष्ठको पेट र छातीको बायाँ भागमा लागेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

adb bank long