विमानस्थलमा दादागिरी गर्नेलाई हटाउन सिफारिस

प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटाकुट

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको कुटाकुटको घटनाको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

गत शुक्रबार विमानस्थलमा जाँच गर्ने क्रममा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटाकुट भएको हाे ।

विमानस्थलमा कार्यरत प्रहरी र कर्मचारीबीच कुटाकुट भएपछि १२ माघमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए ।

उक्त छानबिन समितिले बुधबार मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।

उक्त प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई संजय तामाङलाई निलम्बनको सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ ।

यसका साथै समितिले अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई पनि विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ ।

स्रोतका अनुसार मोक्तालाई विमानस्थलबाट मन्त्रालय तानेर आचरणको कारबाही गर्न सिफारिस गरेको छ ।

त्यस्तै प्रहरी जवानद्वय रवि रञ्जन गुप्ता र राजकुमार महतोलाई पनि समितिले विभागीय कारबाहीको सिफारिस गरेको छ भने डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन भनिएको छ ।

याे पनि….

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटाकुट

प्रोटोन एजुकेसन
adb bank long