काठमाडौ । सामाजिक संजाल टिकटकलाई विभिन्न मुलुकले अराजकता र असलिल भएको भन्दै बन्द गराए पनि जर्जियामा भने टिकटकले दुई दिदी बहिनीको मिलन गराएको छ ।
जर्जियामा जन्मिने बित्तिकै छुटिएका दुई जुम्याहा दिदीबहिनी Amy र Ano को १९ बर्षपछि टिकटकको माध्यमबाट पुर्नमिलन भएको छ।
जन्मिने बित्तिकै उनीहरुलाई फरक फरक अभिभावकले धर्मपुत्रीको रुपमा लगेका थिए। तर पछि उनीहरूले टिकटकमा आफ्ना गतिबिधी सार्बजनिक गर्दै जादा एक अर्काबिच परिचित हुन पुगेका थिए।
परिचित भएसंगै उनीहरूले भेट गरि टिकटकमा आफ्नो पुनर्मिलन भएको खुसी साटेका थिए ।
नेपालमा पनि केही समयअघि देखि प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार हाल नेपालमा टिकटक चल्दैन ।