हुदैन विहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।
सहिद शब्दले हरेकको शिर निहुरिन्छ । आदर अनि गर्भ लाग्ने गर्दछ । आफ्नो जिवनको पर्वाह नगरी निरंकशकताबाट मुक्त पार्न र हरेक नागरिकका हकअधिकार स्थापित गर्न संघर्ष गरेका हुन ज्यानको आहुती दिएका हुन । तिनकै बलिदानीपूर्ण त्याग र संघर्षका कारण आज हामी नेपाली स्वतन्त्रता र समानताको उपभोग निर्धक्क रुपमा गर्न पाईरहेका छै । चाहे त्यो २००७ सालको आन्दोलन होस २०४६ सालको आन्दोलन होस वा २०६२।०६३ सालको जनआन्दोलन नै किन नहोस ति विभिन्न समयमा भएका घटना परिघटनामा वीर विरांगनाको त्याग र बलिदानी तथा संघर्षले मात्र आज मुलुक यो अवस्थामा आएको हो ।
हरेक बर्ष माघ १६ गते हामी सहिद दिवस मनाइरहेको हुन्छौ । पहिले पहिले त यो दिनलाई सरकारले राष्टिय दिवसको रुपमा मनाउन सार्वजनिक बिदा दिने गर्दथ्यो । हरेक क्षेत्र र ठाउमा सबै नागरिकले सहिदको स्मरण गरिरहेका छन्, सबै सहिदप्रति सम्मान भाव प्रकट गरिरहेका छन् । इतिहास केलाएर हेर्ने हो भने नेपालमा पटकपटक राजनीतिक परिवर्तन र जनतालाई सार्वभौम बनाउन आन्दोलन भएका छन् । त्यस्ता आन्दोलन सफल पार्न अहम् भूमिका खेल्ने थुप्रै हुन्छन् र छन तर जीवनको नै आहुति गर्ने सिमित हुन्छन् । त्यहि जीवनको आहुती दिने वीरहरुका कारणले २००७ सालको आन्दोलनबाट जनतालाई निरंकुश राणाशासनको चंगुलबाट मुक्त ग¥यो र प्रजातन्त्रको स्थापना गर्यो । प्रजातन्त्रको स्थागत विकास नहुदै त्यति लामो समय टिक्न सकेन । तत्कालीन राजा महेन्द्रले जनतामा आइसकेको राज्यसञ्चालनको जिम्मेवारी खोसेर फेरी निरंकुश शासन आफ्नो हातमा लिए । जनता पुनः अर्कै नामको निरंकुशता खप्न बाध्य भए । नेपालमा एकदलीय निरंकुश पञ्चायतले झन्डै ३० वर्ष शासन ग¥यो ।
नेपाली जनतालाई निरंकुशता कुनै पनि हिसाबमा मान्य थिएन । विभिन्न ठाउमा बहुदलको माग गर्दै स्वस्फूर्त जनआन्दोलनको हुरी चल्न थाल्यो । जनताको एकताको अगाडि राजाको शासन टिक्न सकेन र २०४६ को आन्दोलनले मुलुकमा पुनः बहुदलीय शासन व्यवस्थाको स्थापना गर्यो । उक्त परिवर्तनपछि जनताले फेरि पनि कुनै राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने र मुलुक समुन्नतिको मार्गमा हिँड्ने अपेक्षा गरेका थिए तर त्यो हुन सकेन । दुर्भाग्य परिवर्तनको आधा दशक नबित्दै माओवादीले सशस्त्र युद्धको थालनी गर्यो । जनताको हक अधिकार बहाली गर्ने उद्देश्य रहेको भनिएको उक्त द्वन्द्वमा १७ हजारभन्दा बढीले ज्यान गुमाए धेरै संख्यामा अपांग अशक्त भए कति बेपत्ता पारिए कति टुहुरा बने कतिका कोख रित्तिए कति दिदिबहिनीहरु बिधुवा बनिन ।त्यहि सशस्त्र युद्धका कारण देशमा एक दशक विकास निर्माणको गति अवरुद्ध भयो, जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्दै गए । नागरिकले असुरक्षित महसुस गर्न थाले, सरकार खुम्चिएर राजधानी तथा सहरहरुमा सीमित हुन थाल्यो । मुलुकको आकाशमा पुनः कालो बादल मडारिन थाल्यो । राजनीतिक दलहरू अलमलमा परे भने जनता राज्यविहीनताका असर भोग्न बाध्य हुन थाले । तत्कालीन राजा थप निरंकुश बन्दै राज्यसंयन्त्रका सारा औजार आफूमातहत चलाउने र जनता माथि प्रतिबन्ध लगाउने प्रयास गर्न थाले । त्यहि गतिविधिका कारण समयले पुनः अर्को आन्दोलन जन्मायो । सशस्त्र युद्धलाई नै एकमात्र सफलताको बाटो ठान्दै आएको माओवादी शान्तिपूर्ण परिवर्तनका पक्षपाती राजनीतिक दलहरूसँग एकता गर्न आइपुग्यो । जसका जगमा १९ दिने आन्दोलन भयो र उक्त आन्दोलनले देशको राजनीतिक ‘कोर्स’मै व्यापक परिवर्तन ल्याईदियो । महाराज गद्दीच्युत हुन पुगे भने संविधानसभाका माध्यमबाट नयाँ संविधान निर्माण गर्ने र राज्य संचालन जनताबाट हुने अवस्था बन्यो । दोस्रो जनआन्दोलनका समयमा प्राण आहुति दिने सहिदको पनि उत्तिकै योगदान छ, जतिको योगदान यसअघिका आन्दोलनमा बलिदान हुनेहरुको छ । पटकपटक भएका आन्दोलन र त्यसका बलमा भएको परिवर्तनले जनतालाई प्राप्त हकअधिकार सुनिश्चित गरी देशको विकास गर्ने सवाललाई संस्थागत गर्न सके मात्र सहिदप्रति सच्चा सम्मान हुन्छ । आज नेपालको राजनीतिक अवस्थालाई हेर्ने हो भने विभिन्न दल तथा तिनका नेतृत्वमा दृढ इच्छाशक्ति नहुँदा राष्ट र राष्टियता संकटमा परेको छ । सहिदको त्यागबाट प्राप्त सबै अधिकार समृद्ध नेपाल निर्माण गर्ने कार्य कार्यान्वयन हुन सकिरहेको छैन । जनताको समुन्नतिको चाहना अपूरै छ ।
आज नेपालमा सबैले आफु आफ्नो वर्ग–क्षेत्र, समूहको अधिकार माग्न सिकायो, तर देशप्रतिको कर्तव्य निर्वाह गर्नमा कसैको न ध्यान छ न कसैको चासो छ । विगतप्रति गर्व गर्दै भविष्यबारे तत्काल नसोच्ने हो भने विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा निश्चित छ । हरेक नागरिकले अतीतमुखी भएर त्यसैमा रमाउने र बाच्ने मात्र होइन, अब हाम्रो चिन्तन काम र व्यवहार भविष्यसँग गाँसिनुपर्छ । उन्मादी राजनीतिले देशलाई कहीँ पनि पुर्याउन सक्दैन त्यसले मात्र बर्बादी बाहेक केहि निम्त्याउने होइन, व्यावहारिक मार्गबाट दिर्घकालिन सोचका साथ हिँड्ने कसरत हरेक राजनीति दलले गर्नैपर्छ । केही समय लोकप्रिय हुने नारा आजको आवश्यकता होइन, दीर्घकालीन चिन्तनसहितको समुन्नतिको सोच आवश्यक छ । यही सोच र चिन्तनले नै सहिदले देखेको सपना र आम नेपालीहरुले खोजेको अग्रगमनको बाटो पक्रने छ र सहिदको आत्मालाई शान्ति दिनेछ । देशलाई सर्वेपरी ठानेर काम गर्ने आट सबै दलहरुमा मिलोस यसैमा सहिद दिवस मनाउनुको सार्थकता झल्कन्छ र सहिदको सपना साकार पार्दै समाजबादको यात्रा तय हुनेछ । अछाम