काठमाडौं । रूसको सेन्ट पिटर्सबर्ग सहरमा रहेको ग्यास टर्मिनलमा विष्फोट भएपछि आगलागी भएको भएको छ ।
रुसी अधिकारीहरूले यो घटनाको पुष्टि गरेका छन्। राज्य समाचार सेवा आरआईए नोवोस्तीका अनुसार विस्फोटपछि ग्यास निर्यात टर्मिनलमा ठूलो आगो लागेको थियो।
यो विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट हुनुअघि उक्त क्षेत्रमा ड्रोनहरू देखिएका थिए।
रुस र युक्रेनबीच फेब्रुअरी २०२१ देखि युद्ध चलिरहेको छ । यस युद्धमा दुवै पक्षले एकअर्काको लक्ष्यमा आक्रमण गर्न ड्रोन र मिसाइल प्रयोग गरेका छन्।