किन गरे कांग्रेस नेता रिजालले पार्टी त्याग्ने कुरा ?

Telecom

काठमाडौ । डा.मिनेन्द्र रिजाल नेपाली राजनीतिका एक त्यस्ता नेता हुन् जो कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि हुँदा खादाको रक्षामन्त्रीबाट नैतिकताको आधारमा भन्दै राजिनामा दिए । जुन नेपालको राजनीतिमा बिरलै हुने घटना हो । कांग्रेसका प्रखर नेता, अनि प्रखर वक्ता पनि हुन् , रिजाल । अघिल्लो संसदीय कालखण्डमा संसदमा सक्रिय र प्रभावकारी पार्न खटेका सीमितमध्येका एक सांसद पनि ।  तर, कांग्रेसले गएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाएन । अर्थात्, रिजालविरुद्ध राजनीतिक दाउपेच रचियो र उनको राजनीतिक भविष्यमाथि धरापमा पारियो ।

यतिखेर राष्ट्रिय सभा निर्वाचन हुँदैछ, पूर्वको कोसी प्रदेशबाट उमेदवारका आकांक्षी हुन् ।  रिजाल नेतृत्वले ‘न्याय’ गर्छ कि गर्दैन भन्ने हेरिरहेका छन् ।

राष्ट्रिय सभा निर्वाचन हुँदैछ, उमेदवारमा तपाईंको दाबी रहन्छ कि रहँदैन भन्ने प्रश्नको उत्तरमा रिजाल भन्छन् – गएको निर्वाचनमा मलाई पार्टीले सर्वसम्मतिबाट प्रतिनिधि सभामा उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

आजको दिनमा पार्टीले सर्वसम्मत् रुपमा मलाई संसद्को कुनै पनि सदनमा पठाउन हुँदैन भनी निर्णय गर्‍यो भने मैले पनि पार्टीमा आवद्धता र क्रियाशिलताकाबारे गम्भीरतापूर्वक सोच्नुपर्ला नि ।

मैले त्यसो ( पार्टी छाड्ने ) भनेको छैन । जति भनेँ त्यति मात्रै हो । ७५ वर्ष नाघिसकेका व्यक्ति कांग्रेस राजनीतिबाट सन्यास लिनुपर्छ भन्ने सोचमा हुनुहुन्न भने म त ६६ वर्षको मात्रै भएँ । तर मेरो सोच अलि फरक छ । यस्तै निर्णयहरुलाई मनन गर्दै, हृदयंगम गर्दै मैले मेरो सार्वजनिक कसरी उपयोग बनाउन सक्छु भनी सोच्नुपर्ला नि !

adb bank long