काठमाडौ ।प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू फेर्ने संकेत दिएका छन्। मंगलबार आफ्नो एक बर्षे कार्यकाल पुगेपछि सम्बोधन गर्दै यो संकेत दिएका हुन् ।
स्रोतका अनुसार हाल गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई ब्यबस्थापन गरेर गृह कांग्रेसलाई दिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्। नारायण काजिलाई बिदा दिने वा परराष्ट्र मन्त्रालयमा सार्ने टुंगो लागि नसकेको बताईन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गृह कांग्रेसले पाउनुपर्ने अडान लिएपछि प्रधानमन्त्री प्रचण्ड गृह कांग्रेसलाई दिन तयार भएका हुन् । तर प्रचण्डले गृहको सट्टा अर्थ दिनुपर्ने माग राखेका छन् ।
गृह छाडेर परराष्ट्रमा जान श्रेष्ठले पनि रुचि व्यक्त गरेका स्रोतको दावी छ। हाल परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद छन्। गृहमा साउदलाई नै ल्याउने/नल्याउने टुंगो कांग्रेसले लगाइसकेको छैन।
स्रोतका अनुसार गृहमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखकको चर्चा छ। लेखकलाई गृहमन्त्री बनाउने सभापति शेरबहादुर देउवाको चाहाना रहेको बताईन्छ । तर देउवालाई परराष्ट्र मन्त्री साउदको ब्यबस्थापनको सकस परेको छ । लगभग लेखकको नाममा सहमति जस्तै भए पनि टुंगो लागि नसकेको स्रोतले बतायो । श्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह कांग्रेसलाई दिएर अर्थ लिन चाहेका छन् । त्यसो नभएमा परराष्ट्र लिएर गृह कांग्रेसलाई दिने तयारी छ ।
सरकारको एकवर्षे उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू बदल्ने संकेत दिएका हुन्। उनले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने संकेत आज राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा दिए।
मन्त्रीहरू फेर्ने चर्चा भइरहेका वेला अब कार्यक्षमता कमजोर हुनेहरूले ठाउँ ओगट्न नहुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। उनले मन्त्रीहरूको कार्यक्षमताको कुरा उठाएर मन्त्रीहरूलाई असफल हुने छुट नभएको बताए।
उनले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बस्न जरुरी नरहेको सुनाए। प्रधानमन्त्री प्रचण्डले केही दिनमै कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्रोतले बताएको छ।