nepal telicom

चिसोमा आगो र हिटर बाल्दा निस्सासिएर वडाअध्यक्षको मृत्यु

बनेपा । जाडोमा आगो र हिटर बालेर बस्दा एक एक जनप्रतिनिधिले ज्यान गुमाएका छन् । काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको हो।

चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षीय पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ।

adb bank long