nepal telicom

राष्ट्रिय सभामा कांग्रेसलाई एमालेको आकर्षक प्रस्ताव

काठमाडौ ।आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त हुने १९ पदका लागि निर्वाचन हुदैछ । निर्वाचन नजिकिदै गर्दा दलहरु आन्तरिक जोडघटाउमा लागेका छन् ।

यसै बीच सत्ता गठबन्धनमा निर्वाचन हुने १९ सिटमध्ये ९ सिटमा कांग्रेसको दाबी रहेको छ । तर, कांग्रेसलाई एमालेले १३ सिटको अफर गरेको खबर बाहिरिएको छ । स्रोतका अनुसार कांग्रेसले माओवादीसँगको गठबन्धन तोडेर आए एमाले हदैसम्म त्याग गर्न तयार रहेको छ । वर्तमान सरकारले आफ्नो एक वर्षे कार्यकाल पूरा गरेको छ । सत्तारुढ दलबीच भएको सहमतिबमोजिम अब एक वर्षपछि कांग्रेसले प्रधानमन्त्री पाउने छ । कांग्रेसले अहिलेनै माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग मिल्ने सम्भावना न्यून देखिन्छ । श्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनमा १३ सिट सहित राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने अफर गरेका छन् तर कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीको प्रस्ताव स्वीकार नगरेको बताइएको छ । ओलीको प्रस्ताव अस्वीकार गरेको कांग्रेसले भने एमालेको प्रस्तावलाई माओबादीसँग बार्गेनिङको टुल्स बनाएको छ ।

उता सत्तारुढ दलहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै जाने भएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नीतिलाई निरन्तता दिने निश्चित देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि एमालेलाई संविधान विरोधी शक्तिको रुपमा अलग्याएर माओवादी कांग्रेस मिलेका थिए । त्यसपछिका निर्वाचनहरुमा माओवादी–कांग्रेसबीच सहकार्यसमेत हुँदै आएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये प्रत्यक्षतर्फ १९ सिटमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा संसद्को सबैभन्दा ठूला दलको हैसियतमा रहेको कांग्रेसले सबैभन्दा बढि सिट दाबी गरिरहेको छ। निर्वाचन हुने १९ सिटमध्ये ९ सिटमा कांग्रेसको दाबी रहेको छ ।

माओवादी केन्द्रले ५ सिट, नेकपा (एस) ले तीन सिट र जसपा, जनमत र नाउपाले १/१ सिटमा दाबी गरेका छन् ।

adb bank long