काठमाडौ । आज योमरी पुर्णिमा साथै उधौली पर्व । प्रकृतिको पुजा गर्ने दिन । आजको दिन विशेष गरि प्रकृतीको पुजा गर्ने किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली हो भने नेवार समुदायले आजको दिनलाई ज्यापू दिवस(योमरी पुन्ही)का रूपमा पनि मनाउछन्।
जसले जसरी मनाए पनि आजको दिन भनेको प्रकृतीको पूजा गर्ने कुरासंग जोडिएको पाईन्छ। असारमा रोपेको धान मंसिरमा भित्र्याईने हुदा प्रकृति अर्थात पृथ्वीको पूजा गरि धनधान्यले भरिपूर्ण होस् कहिल्यै कमी नहोस् भनेर यो पर्व मनाउने गरिन्छ ।
किराँत समुदायले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गर्छन्।
किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन्।
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, जसमा उधौली र उभौली छन्। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्छन्। उधौली पर्वका अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन्।
आज नेपाल सरकारले उधौली पर्वको अवसर पारेर सार्बजनिक बिदा पनि दिएको छ।यसैदिनलाई तमु ल्होसार भनेर पनि मनाउने गरिन्छ।जसले जुुुनसुकै नामले मनाए पनि आजको दिन प्रकृतीको पूजा गर्ने दिन हो भन्ने कुरामा दुईमत छैन ।