राष्ट्रिय सभाको निर्वाचन लगत्तै राजनीतिले नयां कोर्ष समात्छ – लालबाबु पण्डित

Telecom

काठमाडौ । नेकपा एमालेका स्थायी कमिटि सदस्य लालबाबु पण्डितले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन लगत्तै राष्ट्रिय राजनीतिले नया कोर्ष लिने बताएका छन् ।

लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिबेशनबाट निर्वाचित कमिटिको सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता पण्डितले सो कुरा बताएका हुन् । कार्यक्रम नक्साल स्थित एक पार्टी प्यालेसमा भएको थियो ।

यसै सन्दर्भमा नेता पण्डितले राष्ट्रिय सभा सदस्य निर्वाचन लगत्तै नेकपा एमालेको केन्द्रीय कमिटि बैठक बस्ने तयारी भईरहेको पनि खुलासा गरे ।

काम गर्नेका लागि कमिटि ठुलो सानो हुदैन , नेपालकै प्रधानमन्त्री भईसकेका ब्याक्ती पछि राजदुत बनेर जानू भएको छ भने अर्थमन्त्री भईसकेको ब्याक्ती संसद समितिको सदस्य हुनुभएको उदाहरण हामीसंगै छ । त्यसैले यश कमिटिमा आकाक्षां राखेका कतिपय नअटाएका साथीहरूलाई सम्पर्क मञ्च वा सम्पर्क समन्वय कमिटिमा पनि कुरा मिलाएर लैजान सकिने पनि उनले बताए ।

adb bank long