nepal telicom

प्रधानमन्त्रीले भोलि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको उनले बताए। प्रचण्डले पहिलो वर्ष धेरै काम गर्न नसकिएको बताउँदै आगामी वर्ष पुन: नयाँ ढंगले अगाडि बढ्ने उद्घोष गरिरहेका छन्।

adb bank long