माधव नेपालको पार्टीमा एकपछि अर्को पहिरो

Telecom

काठमाडौ । माधव नेपालको पार्टीमा एकपछि अर्को गरि पार्टी परित्याग गर्नेहरूको क्रम बढ्दो छ । हिजो नेकपा एकीकृत समाजवादीका चितवन जिल्ला सचिव र उपसचिवले समाजवादी पार्टी परित्याग गरेका छन्।

उनीहरूले एक बिज्ञप्ती निकाल्देै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिज्ञप्तीमा एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि हुन नसकेको पार्टीको नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुन पुगेको तथा २०७९ को स्थानीय तहको निर्वाचन र संघीय तथा प्रदेशसभा निर्वाचनमा अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेको साथै यो पार्टी दिशाहीन अवस्थाबाट गुज्रिरहेको कुरा उल्लेख गरिएको छ।

यसरी बिज्ञप्ती जारी गर्दै नेकपा एकीकृत समाजवादी चितवन जिल्ला कमिटीका सचिव केपी लामिछाने र उपसचिव कर्ण बहादुर विकले सो पार्टी परित्याग गरेका छन् । शनिवार संयुक्त विज्ञप्ति जारी गरी लामिछाने र विकले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

adb bank long