दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाहरुको म्यूजिकल ब्याण्ड ‘डिलाईट ब्यान्ड’ स्थापना

Telecom

दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाहरुको म्यूजिकल ब्याण्ड ‘डिलाईट ब्यान्ड’ स्थापन
काठमाडौं: दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाहरुको म्यूजिकल ब्याण्ड ‘डिलाईट ब्यान्ड’ स्थापना भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि ती बालबालिकाहरुले शो ब्याण्डबाट आफ्नो प्रस्तुती दिएका थिए ।

ठमेलस्थित नेपाली घर होटलमा आयोजित ब्याण्डले जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरका फाउण्डर अञ्जु दिदीको उपस्थितमा आउँदै गरेको क्रिशमस डे र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरि शुभ-कामना आदन प्रदान गरिएको थियो ।

शिक्षाको अभाव झेलेका दुर्गमका दृष्टिविहिन बालबालिकाहरुलाई सांगीतिक अभ्यास गराउँदै आएको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले विगतका वर्षदेखि बाद्यावादन अन्तर्गत मादल, तवला, गिटार, सारङ्गी, हार्मोनियम, पीएनो, जाइलोफोन लगायतका सिप सिकाउदै आएको छ ।

असाहय दृष्टिबिहीन बालबालिकाहरुले बाध्यबादन सम्बन्धी सबै खाले सिप सिक्दै आएको र उक्त म्यूजिक ब्याण्ड स्थापना भएसँगै विभिन्न सांगीतिक कार्यक्रममा अवसर पाउने डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिकका कार्यकारी अधिकृत राजेश गुरुङले जानकारी दिए । सांगीतिक कार्यक्रममा भाग लिँदा उनीहरुले आर्थिक सहयोग, सम्मान तथा पुरस्कार समेत पाउने गरेको गुरुङले बताए ।

adb bank long