देउवाले मुख खोलेपछिको तरंग

Telecom

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक देशको अवस्था बारे मुख खोलेका छन् । देशकी अवस्था र प्रचण्ड सरकारका बिषयमा चौतर्फी आलोचना हुँदा समेत मौन बसेका देउवाले पहिलो पटक मुख खोलेपछि राजनीतिक बृतमा तरंग फैलिएको छ ।

दुई वर्षअघि दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित देउवाले केन्द्रीय समितिलाई पूर्णता त दिएका छैनन् नै, केन्द्रीय समितिले तय गरेको कार्यतालिकाको समेत बेवास्ता गर्दै आएका छन्।

२०७८ सालमा भएको कांग्रेसको १४ औं महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यकाल आधा सकिएको छ । तर अझै कोषाध्यक्ष मनोनित गर्न सकेका छैनन् । पार्टीको कोषाध्यक्ष सभापतिले मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

महाधिवेशन सकिएको ६ महिनाभित्र नीति अधिवेशन गर्ने भनिएको थियो । नीति अधिवेशनको सट्टा महासमिति बैठक बोलाउने भनिए पनि बारम्बार मिति परिवर्तन गरिएको छ । पार्टी विधानअनुसार चल्न नसकेको भन्दै केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको वार्षिक कार्यतालिकासमेत कार्यान्वयन नगर्दा देउवाको आलोचना बढेको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘एउटामात्रै बुँदा विधानभन्दा विपरीत भयो भने प्रश्न गर्ने स्थिति बन्यो नि त ? त्यसैले विधान संवत नभएका बुँदाहरु थुप्रै भए । सुधार्नु पर्ने, सच्याउनु पर्ने र कार्यान्वयन गर्नु पर्ने कुराहरु थुप्रै छन् ।’

कांग्रेसको विधानको व्यवस्था र कार्यतालिका नाम मात्रको भएको छ । यसको पूर्ण कार्यान्वयन गर्नुपर्ने दायित्व सभापतिकै हो । तर नेतृत्वले त्यसको वास्तै गरेको छैन । कार्यतालिका समेत अस्तव्यस्त छ ।

अर्का केन्द्रीय सदस्य कुन्दन काफ्ले भन्छन्, ‘मूल नेतृत्व त हन्ड्रेडपर्सेन्ट दोषी भइ हाल्नु भयो । तर पार्टी नेतृत्व भन्नाले पार्टी सभापति मात्रै पर्दैन । मूल नेतृत्व हो । जस्तो पार्टीको निर्णय गर्दा पदाधिकारीहरु बसेर गरेका निर्णयहरु त कार्यान्वयन हुनु पर्‍यो नि त?’

सभापति देउवाले पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था विधानअनुसार गठन गरेका छैनन् । तदर्थको भरमा भ्रातृ संस्था चलाउँदा संगठन बलियो बन्न सकेको छैन । पदाधिकारी, कार्यसम्पादन र केन्द्रीय समितिमा प्रचण्ड बहुमतमा रहेका देउवाले सबै निर्णय आफू अनुकूल गराउँदै आएका छन् । प्रतिस्पर्धीलाई उचित स्थान नदिइएको र फरक विचार समूहलाई बेवास्ता गरेको आरोप पनि देउवामाथि लाग्ने गरेको छ । पार्टीलाई विधि र विधानअनुसार चलाउन नसक्दा संसद्को पहिलो दल कांग्रेस नेतृत्व कार्यकर्ता माझ पनि आलोचित हुँदै आएको छ ।

adb bank long