कोरिया जान झण्डै १ लाख ५० हजारको आवेदन

Telecom

काठमाडौं । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा यस पटक १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ।

आवेदनका लागि तोकिएको पाँच दिनमा १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । प्रणालीमा समस्या आएको भन्दै धेरै परीक्षार्थीले म्याद थप्न आग्रह गरेका छन् । छोटो समयमै पहिलोपटक यति धेरै आवेदन परेको ईपीएस कार्यालय प्रमुख गुरुदत्त सुवेदीले जानकारी दिए ।

सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ । शुक्रबार रातिसम्म आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने श्रम, रोजगार तथा सामाजिक सुरकषाा मन्त्रालयले जनाएको छ ।

गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाहरुलेसमेत परीक्षा दिन पाउने भएकाले यसपालि परीक्षा दिनेको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने ईपीएस कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

कोरियाले यसपटक उत्पादनमूलक क्षेत्रमा श्रमिक लैजाने बताएका कारण आवेदन धेरै परेको हो । कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो । अहिलेसम्म १ लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको श्रम मन्त्रालयले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।

adb bank long