काठमाडौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट नेतृत्व छोड्ने खुलासा गरेका छन्। नेपाली कांग्रेस वागमती प्रदेशको प्रथम अधिवेशनमा बोल्दै शनिबार उपसभापति खड्काले यस्तो खुलासा गरेका हुन्।
उनले सभापति देउवाले आगामी महाधिवेशनबाट नेतृत्व छोड्ने घोषणा गरिसकेको अवस्थामा पार्टी र नेतृत्वबारे गुनासो नगर्न पनि आग्रह गरे। पार्टी भित्र र जनतासँग राम्रो काम गरेर कमजोरी सुधारी अघि बढ्नुपर्ने आवश्यकता रहेको खड्काले बताए।