काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएको बताएका छन् ।
शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको बेला सबैले मिलेर र खास गरी काँग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताउँदै सभापति देउवाले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे । ‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा सङ्कटमा उभिएको छ,’ उनले भने ।
देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको बताउँदै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको जनाए । उनले अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पूर्ण रूपमा प्रतिबद्ध गराइ पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने धारणा पनि राखे ।