पोखरा । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएको कर्मचारी बताउछन् ।
करिब २ वर्ष गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार रहेका पराजुलीले कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँको डिल गरेको तथ्य सार्वजनिक भएको छ । सहकारीले संचालकहरुले यस्तो बयान दिएपछि प्रहरीले पराजुलीलाई खोजेको छ।
पोखरा-९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप उनीमाथि लागेको छ ।
बैंकिङ कसुरमा पक्राउ परेका मित्र मिलन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपसमेत लागेका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीको वयानका आधारमा पराजुलीलाई पक्राउ पुर्जी जारी भएको हो ।
गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रवन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्टार पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।