सहकर्मी महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई सिंहदरबारमा तरवार

Telecom

काठमाडौ । गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन गरेको एक प्रतिवेदनमा आफ्नो नाम छुटाएको झोकमा महिला सहकर्मीलाई झापड हान्ने संसद सचिवालयका एक उपसचिवलाई संसद सचिवालयले कारबाही गर्ने भएको छ । संसद् सचिवालयको कर्मचारी प्रशासन महाशाखाले उनलाई सो प्रकरणमा कारबाहीका लागि स्पष्टीकरण सोधेको छ ।

संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले केहि दिन अघि महिला अधिकृतलाई हातपात गरेका थिए । उनलाई सङ्घीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्का मध्ये दुबै वा कुनै एक कारबाही हुने ब्यवस्था छ ।

सङ्घीय संसद् सचिवालयमा कार्यरत उपसचिव गैरेलाईकारबाही गर्न स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई दोश्रो पटक तपाईलाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधिएको हो । यद अघि पहिलो स्पष्टीकरण सोधिएको प्रशासन महाशाखाले बताएको छ ।

पहिलो स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् । उनीमाथि विभागीय कारबाही गर्ने तयारी रहेको कर्मचारी प्रशासन महाशाखा प्रमुख डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

adb bank long