धनुषा गोलीकाण्ड अपडेट : एकको मृत्यु,प्रहरीको गोलीबाट २ जना घाइते ,एकको अवस्था गम्भीर

Telecom

काठमाडौ । धनुषाको हंसपुरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।प्रहरीको गोलीबाट दुईजना स्थानीय घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर अवस्थाका एक घाइतेलाई उपचारको लागि काठमाडौँ ल्याईएको हो।

प्रहरीको गोली लागेर ३६ वर्षका स्थानीय शंकर मण्डल र १८ वर्षका नतलुन अन्सारी घाइते भएका हुन्। घाइतेमध्ये मण्डलको अवस्था गम्भीर छ। अन्सारीको जनकपुरमै उपचार भइरहेको छ। उनीहरु दुबैलाई हातमा गोली लागेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माका अनुसार हंसपुर नगरपालिका ५ मा गएराति दुई समूहबीच झडप हुँदा ६५ वर्षका स्थानीय दीपनारायण मण्डल घाइते भएका थिए। घाइते मण्डललाई उपचारको क्रममा जनकपुर लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो।

मण्डलको मृत्यु भएको विषयलाई लिएर स्थानीयले शुक्रबार बिहानै प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्न थालेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाको लागि गोली चलाउनु परेको दाबी एसपी शर्माले गरे।

adb bank long