nepal telicom

धनुषामा प्रहरीले गोली चलाउदा एमाले कार्यकर्ता घाइते

धनुषा । प्रहरीको गोली लागेर एकजना एमाले कार्यकर्ता शिवशंकर मण्डल घाइते भएका छन् । एमाले कार्यकर्ता मण्डललाई उपचारका लागि अहिले जनकपुरधाम ल्याइँदैछ ।
धनुषाको हंसपुर नगरपालिका-५ मा दुई समूहको विवादपश्चात एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् ।

सयौंको संख्यामा रहेका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ‌।

adb bank long